Posts

सिंगो गाउँ ४ जनाका नाममा

Image
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ५, फुल्चिङका चन्द्रलाल चलाउने ६९ वर्ष पुगे । अहिलेसम्म उनका नाममा एक टुक्रा पनि जमिन छैन । जग्गाधनी हुने उनको सानैदेखिको सपना पूरा हुने छाँट पनि देखिँदैन । ‘यो जिन्दगी त अँधियार भएरै बित्ने भयो,’ उनी भन्छन्, ‘लालपुर्जा नदेखेरै मर्ने भइयो ।’ फुल्चिङमा जग्गाविहीन उनी एक्लो होइनन् । गाउँका एक तिहाइ बासिन्दाको पीडा उनको जस्तै छ । उनीहरू अर्काका जग्गामा अधियाँ गर्न बाध्य छन् । ६५ घरधुरी रहेको फुल्चिङमा उनीजस्तै २३ घरपरिवार अधियाँमा काम गर्छन् । उनीहरूका नाममा एक टुक्रा जमिन छैन । ‘हामी दुःख गरी खेती लगाउँछौं, अन्न उब्जाउँछौं, जग्गाधनी आएर आधा लैजान्छन्,’ स्थानीय हिउँकली चलाउने भन्छिन्, ‘आफ्ना नाममा जग्गा भए त यस्तो हुने थिएन ।’ जग्गाविहीन स्थानीयले अरूको खेतबारी जोत्छन् । अनाज फलेपछि जग्गाधनी आउँछन्, ६० प्रतिशत लैजान्छन् । बचेको अनाजले उनीहरूलाई ३ महिना पनि खान पुग्दैन । अनौठो त के छ भने फुल्चिङवासी अधियाँ गर्छन्, जमिन भने अर्कैका नाममा छ । सिंगो गाउँको जमिन त्रिपरास...

भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून : चिकित्सक

Image
काठमाडौँ — पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । तीन सातादेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचारार्थ नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खस्कँदो रहेको अस्पतालले जनाएको छ । शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा क्रिटिकल केयर सर्भिसका कोअर्डिनेटर डाक्टर हेमराज पनेरुले सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउने सक्ने सम्भावना न्यून रहेको बताए। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आजको अवस्थाअनुसार उहाँका सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम स्वाशप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ। २४ घन्टादेखि पिसाब भएको छैन। ' 'अधिकारीलाई बचाउन अन्तिम प्रयास गरिरहेका छौँ। उहाँलाई सजिलो बनाउने उपचारहरु पनि गरिरहेका छौँ', उनले भने, 'जीवित हुनुहुन्छ। सक्दो प्रयास जारी छ।' प्रकाशित : फाल्गुन १८, २०७५ १७:००

' बालकृष्ण गुरुको विकल्प देखेको छैन '

काठमाडौँ — प्रा. मुकुन्दशरण उपाध्याय, ८०, नेपाली भाषा–साहित्यका विशिष्ट विद्वान् हुन्  । कविताबाट साहित्य लेखन सुरु गरेका उनी पछि भाषा–व्याकरणमा केन्द्रित भए  । विभक्ति र सामासिक शब्द छुट्ट्याउनुपर्ने, आगन्तुक शब्दहरूलाई यथावत् प्रयोग गर्नुपर्ने, सर्वनाममा 'य/त्य/यी’ का ठाउँमा 'ए/ते/इ’ लेख्नुपर्ने जस्ता मान्यता बोकेर उनी दशकौँदेखि नेपाली भाषाको विश्वव्यापी एकरूपता अभियानमा लागिरहेकै छन् । धार बेग्लै भए पनि भाषाका अर्का अप्रतिम अन्वेषक प्रा. बालकृष्ण पोखरेलसँग उनको वर्षौंदेखिको सहकार्य र भ्रातृवत् निकटता थियो । ॅप्राकृत पोखरा’ काव्यका लागि उपाध्यायले २०२१ सालको मदन पुरस्कार पाएका थिए । त्यो वर्ष बालकृष्ण पोखरेलले भाषा विधामा मदन पुरस्कार पाएका थिए । यही पृष्ठभूमिलाई केन्द्रमा राखेर प्रा. उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश: बालकृष्ण पोखरेलको भाषिक योगदानलाई कसरी सम्झनुहुन्छ ? बालकृष्ण गुरुको भाषिक योगदान ज्यादै महत्त्वपूर्ण छ । नेपाली भाषाको अन्वेषण, अनुसन्धान र अभियान, पाठ्यपुस्तक र कोश निर्माणमा उहाँको महती भूमिका रह्यो । बनारसमा पढ्दा विक्रम संवत् २०१...

दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत

Image
दार्चुला — शुक्रबार दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ११ जनाकै सनाखत भएकाे छ । सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाकाे हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियाे । मृत्यु हुनेमादुहुँ गाउँपालिका-२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै,दुहुँ–२ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम, ५३ वर्षीया मानमती भट्ट, दुहुँ–४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम, बैतडीको दोगडाकेदार गाउँपलिका-६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेकाे प्रहरीले जनाएकाे छ। घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएकोथियाे। गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि भारतकाे पिथाैरागढ रिफर गरिएको छ। २०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्ण...

जिब्रो बिगार्ने खाना

काठमाडौँ — सन् १९७२ मा अमेरिकी खाद्यविद माइकल ज्याकोब्सनले खाँदा मिठो तर शरीरलाई हानि पुर्‍याउने न्युन पौष्टिक तत्त्व भएका तयारी खानेकुरा र पेय पदार्थलाई जङ्क फुड (प्रशोधित खानेकुरा) भनी नामकरण गरे । यस्ता खानेकुरा महिनौंसम्म नबिग्रिउन् भनी विभिन्न रसायनको मिश्रणमा तयार गरिन्छ । नुनिलोपना, गुलियोपना, चिल्लोपना अर्थात् कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । जसमा प्याकिङ गरेर तयारी अवस्थामा राखिएका प्याकेटका खाना (चाउचाउ, चाउमिन, बिस्कुट, मिठाइ, चिजबल्स, चटपटे, हल्का पेयपदार्थ) का साथै होटल तथा रेष्टुरेन्टमा पाइने फास्टफुडसमेत पर्छन् । यस्ता खानेकुराले मानव स्वास्थ्यलाई केही फाइदासँगै बेफाइदा पनि गरिरहेको छ । तर स्वादका हिसाबले जिब्रो लोभ्याउने तथा लठ्याउने खालका हुन्छन् । यही आकर्षणले गर्दा कलिलो उमेरका बालबालिकाले जङ्क फुड खाँदै जाँदा लतमा फँस्दैछन् । जङ्क फुड उत्पादन कम्पनीहरूले पनि मुख्यतः बालबालिकालाई नै लक्षित गरी आफ्ना उत्पादनको बजार विस्तार गरिरहेका छन् । सञ्चार माध्यममा आकर्षक शैलीमा विज्ञापन प्रसारण गरेका छन् । संयुक्त राज्य अमेरिकामा मात्रै वार्षिक १ खर्ब ६० अर्ब डल...

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहितको शव काठमाडौं ल्याइयो

Image
  ताप्लेजुङ — हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो । सेनाको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा ल्याइएको शवलाई सुरुमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिने छ। दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो। बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन सकिएको थिएन। बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो। गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुनथालेपछि बिहीबार बिहान शव काठमाडौं पठाउन सकिएको थिएन। मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ। शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ। मन्त्री अधिकारीको शव गृहजिल्ला कास...