सिंगो गाउँ ४ जनाका नाममा
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ५, फुल्चिङका चन्द्रलाल चलाउने ६९ वर्ष
पुगे । अहिलेसम्म उनका नाममा एक टुक्रा पनि जमिन छैन । जग्गाधनी हुने उनको
सानैदेखिको सपना पूरा हुने छाँट पनि देखिँदैन । ‘यो जिन्दगी त अँधियार
भएरै बित्ने भयो,’ उनी भन्छन्, ‘लालपुर्जा नदेखेरै मर्ने भइयो ।’

फुल्चिङमा जग्गाविहीन उनी एक्लो होइनन् । गाउँका एक तिहाइ बासिन्दाको पीडा उनको जस्तै छ । उनीहरू अर्काका जग्गामा अधियाँ गर्न बाध्य छन् । ६५ घरधुरी रहेको फुल्चिङमा उनीजस्तै २३ घरपरिवार अधियाँमा काम गर्छन् । उनीहरूका नाममा एक टुक्रा जमिन छैन । ‘हामी दुःख गरी खेती लगाउँछौं, अन्न उब्जाउँछौं, जग्गाधनी आएर आधा लैजान्छन्,’ स्थानीय हिउँकली चलाउने भन्छिन्, ‘आफ्ना नाममा जग्गा भए त यस्तो हुने थिएन ।’

फुल्चिङमा जग्गाविहीन उनी एक्लो होइनन् । गाउँका एक तिहाइ बासिन्दाको पीडा उनको जस्तै छ । उनीहरू अर्काका जग्गामा अधियाँ गर्न बाध्य छन् । ६५ घरधुरी रहेको फुल्चिङमा उनीजस्तै २३ घरपरिवार अधियाँमा काम गर्छन् । उनीहरूका नाममा एक टुक्रा जमिन छैन । ‘हामी दुःख गरी खेती लगाउँछौं, अन्न उब्जाउँछौं, जग्गाधनी आएर आधा लैजान्छन्,’ स्थानीय हिउँकली चलाउने भन्छिन्, ‘आफ्ना नाममा जग्गा भए त यस्तो हुने थिएन ।’
जग्गाविहीन
स्थानीयले अरूको खेतबारी जोत्छन् । अनाज फलेपछि जग्गाधनी आउँछन्, ६०
प्रतिशत लैजान्छन् । बचेको अनाजले उनीहरूलाई ३ महिना पनि खान पुग्दैन ।
अनौठो त के छ भने फुल्चिङवासी अधियाँ गर्छन्, जमिन भने अर्कैका नाममा छ ।
सिंगो
गाउँको जमिन त्रिपरासुन्दरी नगरपालिका १० (साबिक लिकु गाविस ४) का
मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीका नाममा
छ । २०५२ को नापीमा उक्त जग्गा चारजनाका नाममा दर्ता गरिएको छ ।
जग्गाधनीहरू गाउँ बस्दैनन् । त्यसैले उक्त जग्गामा मोही हक लाग्नुपर्ने
स्थानीयको माग छ । ‘पुस्तौंदेखि कमाउँदै आएका छौं, अब त साहुले धेरथोर
मूल्यमा दिए पनि हुन्थ्यो,’ स्थानीय लोकबहादुर चलाउनेले भने ।
पुस्तौंदेखि
कमाउँदै आए पनि राजनीतिक रवाफ र देवीदेउताका आडमा लिकु गाउँकाले आफ्ना
नाममा जग्गा दर्ता गरेको स्थानीयको भनाइ छ । मोही हक माग्न बारम्बार
सम्बन्धित निकायमा गए पनि सुनुवाइ नभएको उनीहरू बताउँछन् । ‘गाउँमा बस्ती
बसेदेखि नै हाम्रो पुस्ताले जग्गा कमाए, हकभोग भने साहुका नाममा छ,’
स्थानीय लालबहादुर चलाउनेले भने, ‘हामीले अब त हाम्रै नाममा जग्गा
हुनुपर्यो भनेर माग गरे पनि कसैले सुन्दैन ।’ पुर्खाले बस्ती बसेदेखि
हालसम्म थुप्रै व्यवस्था परिवर्तन भए पनि आफूहरूको पीडा नफेरिएको उनले
बताए ।
२३ घरले खनजोत नगर्नेबित्तिकै
उक्त जग्गा बेवारिसे हुन्छ । लिकुमा बसोबास गर्ने उनीहरू फुल्चिङ गएर बस्न
सम्भव छैन । पूर्वमन्त्री मोतीप्रसादको त सदरमुकाम दुनैका साथै सहरतिर
घरजग्गा छ । १० वर्षे सशस्त्र द्वन्द्वका बेला त माओवादीले मोहियानी
हकअनुसार जग्गा उपलब्ध गराउने भन्दै प्रलोभन दियो । फुल्चिङ माओवादीको
किल्ला बन्यो । थुप्रै युवा माओवादी विद्रोहमा होमिए । अहिले त्यही पार्टी
सत्तामा हुँदा समेत माग सुनुवाइ नभएपछि निराशा छाएको स्थानीय राजबहादुर
चलाउने बताउँछन् ।
भूमिसम्बन्धी ऐन,
२०२१ को दफा २५ अनुसार लगातार २० वर्ष जग्गाधनीको जग्गा भोगचलन गरे स्वतः
५० प्रतिशत मोही हक कायम रहने व्यवस्था छ । यसका लागि भोगचलन गर्ने
व्यक्तिले दफा २६ (घ) को २ अनुसार मोही हक कायम गराइपाऊँ भनी निवेदन
दिनुपर्छ ।
जग्गा भोग गरेको पाइए
तोकिएको सरकारी अधिकारीले फाँटवारी, उपलब्ध प्रमाण र गाउँ मुचुल्काका
आधारमा जग्गाधनी र जग्गा कमाउनेबीच ५०–५० प्रतिशत हक कायम गरी बाँडफाँट
गर्न सक्ने व्यवस्था छ । स्थानीयले यसका लागि पहल नगरेका होइनन् तर विशेष
गरी पूर्वमन्त्री पहाडीको राजनीतिक शक्तिका आडमा यो प्रयास कहिल्यै सफल
भएन ।
धार्मिक विश्वास
कान्तिपुरसँगको
कुराकानीमा एक जग्गाधनीले उक्त जग्गा अधियाँ खानेलाई बेच्न तयार भए पनि
देउताको कारण बेच्न नसकिएको बताए । जग्गाधनीले पुज्ने कुलुम्या बिजुलडाँडा
मष्टा र बर्जमान देउताले दिन नमानेको उनले तर्क गरे ।
उनका
अनुसार बस्ती बस्दाको समयमा लिकु गाउँबाट फुल्चिङ गाउँमा चलाउने थरका
एकजना गएर बसेका थिए तर त्यहाँको जमिन भोगचलन गर्ने क्रममा उनको परिवारमा
अशुभ भयो । बिजुलडाँडा र बर्जमान देउतासँग सोधनी गर्दा देउताको भनाइ आयो–
उब्जनी भएको अन्नबाली सिक (प्रसाद) का नाममा चढाएर जग्गा पनि पुजारीका
नाममा राख्नु । ‘त्यही कारण हामी यो जग्गा न बेच्न पाउँछौं, न त अरूलाई दिन
मिल्छ,’ ती जग्गाधनीले भने ।
प्रकाशित : फाल्गुन २०, २०७५ १४:०१
प्रकाशित : फाल्गुन २०, २०७५ १४:०१
Comments
Post a Comment