भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून : चिकित्सक

काठमाडौँ — पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । तीन सातादेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचारार्थ नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खस्कँदो रहेको अस्पतालले जनाएको छ ।

शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा क्रिटिकल केयर सर्भिसका कोअर्डिनेटर डाक्टर हेमराज पनेरुले सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउने सक्ने सम्भावना न्यून रहेको बताए। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आजको अवस्थाअनुसार उहाँका सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम स्वाशप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ। २४ घन्टादेखि पिसाब भएको छैन। '

'अधिकारीलाई बचाउन अन्तिम प्रयास गरिरहेका छौँ। उहाँलाई सजिलो बनाउने उपचारहरु पनि गरिरहेका छौँ', उनले भने, 'जीवित हुनुहुन्छ। सक्दो प्रयास जारी छ।' प्रकाशित : फाल्गुन १८, २०७५ १७:००

Comments

Popular posts from this blog

' बालकृष्ण गुरुको विकल्प देखेको छैन '

जिब्रो बिगार्ने खाना