हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहितको शव काठमाडौं ल्याइयो





 



ताप्लेजुङ — हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो ।
सेनाको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा ल्याइएको शवलाई सुरुमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिने छ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो। बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन सकिएको थिएन। बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो।

गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुनथालेपछि बिहीबार बिहान शव काठमाडौं पठाउन सकिएको थिएन। मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ। शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने छ। प्रकाशित : फाल्गुन १६, २०७५ १२ ११


थप जानकारीका लागि,,,,,,
ताप्लेजुङमा हेलिकप्टर दुर्घटना मन्त्री अधिकारी सहित ६ को मृत्यु

Comments

Post a Comment

Popular posts from this blog

' बालकृष्ण गुरुको विकल्प देखेको छैन '

जिब्रो बिगार्ने खाना

भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून : चिकित्सक